
मेचिनगर नगरपालीका वडा नं ९, धुलाबारी झापा नेपालमा २०६८ सालमा स्थापित यस जनता पेन्ट्सले European Technology मा आधारित रहि उच्च गुणस्तरका डेकोरेटिभ पेन्ट्स उत्पादन गरी नेपाल भरीका हरेक शहर तथा गाउँहरुमा बिक्रि वितरण गर्दै आएको नेपालकै एकमात्र नं १ कम्पनी जसको लक्ष्य जैबिक उत्पादनलाई प्राथमिकता दिई गुणस्तरीय पेन्ट्सले हर एक नेपालीको घर रङंग्याई, स्वस्थ तथा वास्तु सम्मत घर निर्माणमा टेवा पुर्याउने हो ।\
वास्तु संग रङरोगनको सम्बन्ध
जसरी ब्रम्हाण्डको सृष्टि पंचमहाभुत (आकाश, वायु, अग्नी, जल र पृथ्वी) द्घारा भएकोछ, त्यसरी नै मानव शरीर पनि पंचमहाभुत द्घारा निर्मित हो । त्यहि पंचमहाभुतलाई वेद तथा उपनिषदले विभिन्न रङद्घारा संकेत गरीएको छ । त्यसैले घरको हर एक दिशा अनुरुप रङंको छनौट गरी उचित प्रयोग भएमा मात्र घरमा सकारात्मक उर्जाको श्रीजना हुने हुदा त्यस घरका परिवार सु स्वास्थ, दिर्घायु तथा तनाब रहित रहने हुदा आर्थिक, धार्मिक तथा सामाजीक समृद्घि को विकास हुने निश्चित रहेको छ । अतः आजको दिनमा आएर वैज्ञानिकहरुको पनि यस विषयमा सहमत रहेको छ ।
गुणस्तरीय स्वदेशी उत्पादन प्रयोग गरी देशको आर्थिक, सामाजीक तथा भैतिक बिकासमा टेवा पुर्याउनु प्रत्येक नेपाली नागरीकको कर्तव्य हो ।
“कर्मयोगीका कर्मठ हात, देशको पसिना देशकै विकास“
